२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

क्षेत्रीय सभापति देवकोटाको निधन



दाङ, ११ असोज । नेपाली काँगे्रस दाङ क्षेत्र नम्बर ५ का सभापति वसन्त देवकोटाको ४८ बर्षको उमेरमा निधन भएको छ । देवकोटाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

रगत, फोक्सोलगायतमा समस्या देखिएपछि भदौ ३० गते नर्भिक अस्पताल, काठमाडौँमा भर्ना हुनुभएका देवकोटाको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डाक्टर बजेन्द्र श्रीवास्तवले जानकारी दिनुभयो ।

विसं २०२५ सालमा श्रीगाउँ–६ बुटनीयामा बुबा स्व टोपेन्द्रप्रसाद उपाध्याय र आमा निलाकुमारी उपाध्यायको कोखबाट जन्मनुभएका देवकोटा वीरेन्द्र मावि श्रीगाउँमा विद्यालय र स्नातक तहको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस तुल्सीपुरमा गर्नुभएको थियो । पार्टीमा क्रियाशीलता सँगसँगै उहाँ क्षेत्रीय सचिव र दुई पटक क्षेत्रीय सभापति समेत हुनुभएको थियो ।

स्व देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी हुनुुहुन्छ । देवकोटाको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताउनुभएको छ । रासस

Sagarmatha

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ४ : ४८ बजे