उदयपुर २० असोज । उदयपुरको खाँबु २ स्थित छाम्लिङमा आज भएको ट्याक्टर दुर्घटनामा परि ट्यक्टर धनीको मृत्यु भएको छ । गाईघाटबाट फोक्सिङटार तर्फ जादै गरेको ट्यक्टर दुर्घटना हुदाँ ट्याक्टर धनी त्रियुगा नगरपालिका २ का तेजबहादुर गजमेरको मृत्यु भएको हो । दशैको समान लिएर जादै गरेको ट्क्टर सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ट्याक्टर चालक गाईघाट बस्ने देबेन्द्र चौधरी र अर्का यात्रु खाबु २ का अनिल कुमार राई गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नरबहादुर केसीले बताए । घाईते दुई जनालाई प्रहरी चौकी साउनेबाट खटिएको प्रहरी टोलीले उद्दार गरि जिल्ला अस्पताल ल्याउने व्यवस्था मिलाईएको प्रहरी उपरिक्षक केशीले जानकारी दिए । घटना स्थल उदयपुर सदमुकाम गाईघाटबाट ३९ किलोमिटर उत्तर पर्छ ।
त्यसै गरि जिल्लाको कटारी ६ स्थित बलियामा भएको मोटरसाईकल दुर्घटनामा परि एक बालिकाको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाईकलले ठक्करबाट ८ बर्षिया इन्दीरा दाहालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरन्जिवी कोईरालाले बताए । फरार मोटरसाईकल चालक र मोटरसाईलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्नलाई प्रक्राउ गर्न चासो नदिएको स्थानीयले आरोप लगाएका छन । दुर्घटना भएको २४ घण्टा विति सक्दा पनि दुर्घटना गर्ने सवारी नियन्त्रणमा लिन नसक्नु प्रहरी प्रशासनको लापरवाही भएको स्थानीय दिपक लामिछानेले बताए ।
२० आश्विन २०७३, बिहिबार
0
Shares






