गुणस्तरीय उत्पादनमा जोडदिनुपर्ने:राज्यमन्त्री तामाङ

0 Shares

काठमाडौँ, १३ भदौ । कृषि राज्यमन्त्री राधिका तामाङले कृषि उत्पादन हानिकारण भए मानव स्वास्थ्य प्रभावित हुने बताएका छन् ।

गुडविल हेल्थ केयरको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले कृषि उत्पादन हानिकारण भए मानव जीवनमा गम्भीर असर पर्ने भएकाले कृषि उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।

उनले भने “आजभोली कृषिजन्य उत्पादनमा विषादीको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले मानिसको स्वास्थ्यलाई गम्भीर असर पारिरहेको छ ।’’

श्रमजीवि ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष रामबहादुर तामाङले सरकारले स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने बताए ।

उनले भने “गरिब, मजदुर, किसानवर्गले महँगो खर्च गरेर उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनुपरेको छ । यस विषयमा सरकार गम्भीर हुन सकेको छैन ।” रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार