३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

एसईई नतिजा आजै, नतिजा प्रकाशित गर्न दिउँसो १ बजे बोर्ड बैठक !



काठमाडौं । माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । २०७५ सालमा भएको परीक्षाको नतिजा सार्वजनिक गर्न दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।


‘दिउँसो बोर्डको बैठक डाकिएको छ, बैठक सकिएपछि परीक्षफल आजै सार्वजनिक गर्ने तयारी गरेका छौं,’ अधिकारीले भने । गत चैत १० गतेबाट शुरु भएको एसईई परीक्षामा ४ लाख ७५ हजारको हाराहारीमा परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
३ वर्षअघि भएको शिक्षा ऐन संशोधन अनुसार कक्षा १० को यो परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनुपर्ने हो । तर, परीक्षा बोर्डले यो परीक्षा प्रदेशस्तरबाट संचालन गराउन सकेको छैन । यो परीक्षा पनि अन्य कक्षाको परीक्षा जतिकै महत्वपूर्ण छ । एसएलसी जस्तो विशेष महत्वको परीक्षा नभएपनि यसलाको नतिजा तामझामका साथ सार्वजनिक गर्ने प्रचलन अझैं कायम छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  २ : ५४ बजे