ओखलढुंगामा बस दुर्घटना, ३ को मृत्यु, १९ जना घाइते !

ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने, अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।


काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताए । दुर्घटनाका ३ जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
अन्य घाइतेहरुको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार