अष्ट्रेलियामा गुन्जीयो नेपाली भाषाको गीत र सिर्जना !

Facebook Debugger

काठमाडौं । अष्ट्रेलियन भुट्नीज सोसाइटी अफ नर्दन तास्मानिया (ब्द्यक्ल्त्) को आयोजना र क्रियटीभ जर्नी फाउन्डेशनको प्रस्तुतिमा हालै अष्ट्रेलियाको लन्चेस्टनमा एक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपालबाट निर्देशक तथा लेखक प्रकाश आङदेम्बे पुगेका थिए ।


तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुले वार्षिक रुपमा यसरी सांस्कृतिक, साहित्यिक तथा खेलकुद कार्यक्रमको आयोजना गर्दै आएका छन् । विभिन्न स्थानमा यसरी आयोजना हुने गरेको कार्यक्रम यस पटक भने तास्मानीयाको लन्चेस्टनमा आयोजना गरिएको हो । उक्त कार्यक्रममा सबै राज्यका खेलाडी, कालाकार, लेखकलगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा स्थानीय क्रिएटीभ जर्नी र ब्यान्डले दर्जनौं नेपाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रकाश आङदेम्बेले आफ्ना रचनाहरु वाचन गरेर तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुलाई विगततर्फ डो¥याएका थिए । उनका रचनाहरु सुनेर आफ्नो विगतको स्मरण गर्दै नेपाली भाषी भुटानीहरु निकै भावुक बनेका थिए । पूर्वको मोरङ र झापामा रहँदा नेपाली भाषी भुटानीहरुसँग प्रकाशले लामो संगत गरेका थिए । उनीहरुको जनजीवनलाई अत्यन्तै नजिकबाट छामेका प्रकाशले उनीहरुकै जीनवकथा र तेस्रो देश पुनर्वासका कथालाई समेटेर ‘देश खोज्दै जाँदा’ नामक फिचर मुभि नै निर्माण गरेका छन् । कार्यक्रममा बोल्दै प्रकाशले भने– ‘नेपाली भाषी भुटानीहरु तेस्रो देश पनर्वाससँगै संसारको विभिन्न भागमा नयाँ नेपाली समाज स्थापित भएको छ ।’ त्यसैगरी कार्यक्रममा आयोजक संस्थाका सदस्य पवित्रा साँवाले भने– ‘आफूहरु राजनीतिक रुपले जुनसुकै देशको नागकि भए पनि भाषीक र आत्मिक रुपले हामी नेपाली हौं ।’ अष्ट्रेलियाको तास्मानिया नेपाली भाषा बोल्नेको संख्या दास्रो ठूलो रहेको राज्य हो ।

Published On:  230पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार