११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

शंकास्पद छ गाई फसेको नदीमा


२९ श्रावण २०७६, बुधबार  

0
Shares

डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सात वटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन कसैलाई जानकारी भने छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रजिअ टेकनारायण पौडेलले बताए । उहाँले भन्नुभयो, “गाईहरु फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिनेछ ।

फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उहाँले भने, “केही गाई दुधालु छन्, केही भने ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्न कोसिस गरे तर सकिनँ ।”

Sagarmatha

दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु सङ्कलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताए । उहाँले भने, “मान्छे जान नसक्ने भिरमा गाई फसेका छन्, कसरी त्यहाँ गाई गए, कसैले धकेलेको हो कि हामी अनुसन्धान गर्दैछौँ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : ३१ बजे