सवारी दुर्घटना : ‘१० वर्षमा २० हजारले ज्यान गुमाए, सवा लाख घाइते !’

  पत्रपत्रिका
0 Shares

काठमाडौं । विगत १० वर्षको सवारी दुर्घटनाको तथ्यांक अनुसार, नेपालमा भएका सडक दुर्घटनामा २० हजारले ज्यान गुमाएका छन्, भने सवा लाख घाइते छन् ।


सवारी दुर्घटनाका कारण ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाए पनि सरकार यसमा संवेदनशील नभएको कान्तिपुर दैनिकमा समाचार छ । कान्तिपुर लेख्छ– यति कहालीलाग्दो तथ्यांक जगजाहेर भए पनि राज्यसंयन्त्रहरू पूरै बेखबरसरह छन् । न दुर्घटना न्यूनीकरणका प्रयास गरिएका छन् न त पीडितका समस्या नै सुनिएका छन् ।’
सडक दुर्घटना पीडितको सम्झना सम्बन्धित सामग्रीलाई पनि कान्तिपुरले मुख्य समाचार बनाएको छ । ‘बस्ती रित्याउने त्यो दुर्घटना’ शीर्षक दिएर उसले १४ वर्षअघि प्यूठानको जर्गेनीमा भएको जन्तीबस दुर्घटनाको स्मरण गरेको छ । दुर्घटनामा दीपा अधिकारीको दुलाहा छोरासहित सबै सदस्यको ज्यान गएको थियो । ४१ जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा गाउँका अन्य व्यक्ति पनि परेका थिए । तीमध्ये १० परिवारले बस्ती नै छाडेका छन् । कान्तिपुरले परिवारका सबै सदस्य गुमाएकी दीपाको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ ।
‘मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठानउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छाडेकी हुन्’, कान्तिपुरले लेखेको छ । घटनापछि टारीगाउँ पुरूषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार