७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीलाई खोज्न गोताखोर टोली प्रस्थान

खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्षको पहलमा गोताखोर टोली घटनास्थल तर्फ प्रस्थान



काठमाडौं । सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका ३ विद्यार्थीलाई खोज्न शसस्त्र प्रहरीको गोताखोर टोली गोक्यो हिमतालतर्फ प्रस्थान गरेको छ । काठमाडौंबाट ५ जनाको गोताखोर टोली हेलिकोप्टर मार्फत गोक्यो हिमतालतर्फ प्रस्थान गरेका हुन् ।

फाईल फोटो

‘मैले प्रमुख जिल्ला अधिकारी मार्फत गोताखोर टोली पठाउन अाग्रह गरेपछि आज शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ गएका छन्’ खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने, ‘घटनास्थलसम्म पुग्नको लागि हेलिकोप्टर चाटर गरेका छौं, त्यसको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरेको छ ।’ साथै सोलुखुम्बु प्रतिनिधी सभाका सांसद हेमकुमार राई ‘सुरवीर’, प्रदेश १ ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारी, प्रदेश १ ‘क’ का सांसद उत्तमकुमार बस्नेत र खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको पहलमा गोताखोर टोली गोक्यो हिमतालतर्फ प्रस्थान गरेका हुन् ।
गोताखोर टोलीलाई खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष लक्ष्मण अधिकारीले घटनास्थलतर्फ लैजाने गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
गएको शुक्रबारदेखि २ दिने भ्रमणमा निस्किएका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोस ।

Sagarmatha

गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

गोक्यो हिमतालमा ३ जना विद्यार्थी बेपत्ता

 

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलबार  ५ : ५० बजे