७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सोलुखुम्बुमा यो वर्षकै सबैभन्दा कम तापक्रम, खुम्बु क्षेत्रमा माईनस १८ डिग्री

सोलुखुम्बु । सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माईनस १८ डिग्री सेल्सियस मापन गरिएको हो । अत्याधिक चिसोका कारण स्थानीयलाई दैनिक जीविकोपार्जन गर्न र घर बाहिर निस्कन समेत समस्या भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीको न्यूनतम तापक्रम माईनस ५.५ डिग्री सेल्सियसमा झरेको मौसम अवलोकनकर्ता राधा…