सोलुखुम्बु । हिमालयन उद्धार संघ नेपालका वेशक्याम्प इञ्चार्ज तथा हेलिकोप्टर रेस्क्यू स्पेसलिष्ट लाक्पानोर्बु शेर्पाले सगरमाथा आधारशिविरको पूर्वीदक्षिणमा रहेको नुप्से हिमालबाट कुनैपनि समय हिउँको ठूलो ढिस्को खस्दा भयानक हिउँपहिरो जान सक्ने सम्भावना रहेको बताएका छन् । सोमबार रेस्क्यू गर्न सगरमाथाको माथिल्लो आधारशिविर क्याम्प २ हेलिकोप्टरबाट जाँदा शेर्पाले नुप्से हिमालको पश्चिमी साइडको ठूलठूला हिउँको ढिस्को चर्किएको देखेपछि…