खजुरा (बाँके), १८ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले राससको सेवा प्रभावकारी भएकाले यसलाई अझ थप गुणस्तरीय बनाउने तयारी भइरहेको बताउनुभएको छ । नेपालगन्जस्थित रासस मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको शुक्रबार अवलोकन गर्दै उहाँले राससमा अर्काइभ सेवा विस्तारको काम पनि भइरहेको बताउनुभयो । अध्यक्ष वाग्लेले राससको केन्द्रीय कार्यालय तथा विभिन्न स्थानमा रहेका भौतिक संरचनाको…