अर्घाखाँची, ३ कात्तिक । यस जिल्लाको धनचौर गाविस–५ की कल्पना भुसालको हत्या आरोपमा पक्राउ परेको दुईजनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका धनचौर गाविस–५ का गणेश भुसाल तथा गणेशका बाबु खेमराज भुसाललाई आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असोज १८ गते बेलुकादेखि हराएकी…