काठमाडौँ, १८ भदौ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त हुनुभएको छ । राससमा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुखमा कार्यरत रहनुभएका पाठकलाई परराष्ट्रमन्त्री डा महतको सचिवालयमा रा.प प्रथम श्रेणी सरहको नियुक्त गरिएको हो । पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन गर्नुहुन्छ…