७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ । पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।