सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्यटकसँग कोठा भाडाबापत भन्दै अवैध रकम असुल्ने गरिएको छ । एक जना विदेशी पर्यटकबाट ५ सयको दरले अवैध रकम असुली गर्ने गरिएको हो । खुम्बु होटल एसोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिएको महिनाभन्दा बढी भएको छ । होटलमा बसेबापतको रकमभन्दा बाटोमा ‘बुथ’ बनाएर छुट्टै शुल्क उठाउने…