काठमाडौं । हिमाल आरोहणमा प्रत्येक आरोहण दलका लागि हरेक वर्ष मन्त्रालयले आफ्ना प्रतिनिधिलाई हिमालमा रेखदेख गर्न खटाउने गर्छ । तर, कतिपय सम्पर्क अधिकृतहरु आधारशिविर पनि नपुगी भत्ता तथा पारिश्रमिक बुझ्ने गरेको गुनासोकाबीच मन्त्रालयले यस वर्षदेखि उनीहरुमाथि कडा निगरानी गर्ने भएको हो । पर्यटन विभागले सन् २०२२ को वसन्त ऋतुमा पर्वतारोहण दलसँग खटिने सम्पर्क अधिकृतका लागि…