बेरुत, १४ फागुन । सिरियाका प्रमुख दुई ओटा सुरक्षा मुख्यालय नजिकै भएका आत्मघाती हमलामा परी शनिबार ४२ जनाको मृत्यु भएको छ । जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका छन् । “सुरक्षा निकायका दुई ओटा मुख्यालयको वरीपरि छ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्जरभेटरी फर ह्युमन…