बेरुत, २ मङ्सिर । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्यगरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी सिरियाली विद्रोही लडाकू र सर्वसाधाराण गरी २५ व्यक्तिको मृत्यु भएको विद्रोही समूहले जानकारी दिएको छ । विद्रोहीसँग आवद्ध नुरेद्दिने अल जिन्की समूहका वरिष्ठ अधिकारी यासिर युसेफले एएफपी समाचार समितिलाई…