नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ । आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा…