गोक्यो हिमतालमा दिनभर बेपत्ता विद्यार्थीको खोजी, तर भेटिएन [भिडियो सहित]

  बुद्धवीर बाहिङ
6.6k Shares

सोलुखुम्बु । गोक्यो हिमतालमा बेपत्ता भएका दुई विद्यार्थीको खोजीकार्य आज (बिहीबार) विहान साँढे ६ बजेबाट शुरु गरि दिनभर खोजेपनि भेटिएन । शसस्त्र प्रहरी बलको गोताखोर टोलीले हिजोदेखि गोक्यो हिमतालमा बेपत्ता भएका दुई विद्यार्थीको खोजीकार्य गरेको हो ।

हिमतालमा बेपत्ता विद्यार्थीको खोजीका लागि तयारी अवस्थामा गोताखोर टोलीका सदस्य । तस्वीरः लक्ष्मण अधिकारी ।

आज विहान दुई घण्टासम्म बोटिङ गरी तालको वरिवरी घुमेको गोताखोर टोलीले तालको गहिराई, पानीको अवस्था र बहावलाई अनुसन्धान गरेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । मौसमले साथ दिएकाले आज विहानैदेखि खोजीकार्यमा टोली लागेको अध्यक्ष अधिकारीले बताए ।
विहान साँढे ९ बजेदेखि शसस्त्र प्रहरी बलको गोताखोर टोलीका तालिमप्राप्त दुईजनाले हिमतालभित्र पसेर खोजीकार्य गरेका थिए । अत्याधिक चिसोका कारण हिमतालको पानीभित्र धेरै बेर बस्न नसकिने भएकाले खोजीकार्यमा कठिनाई भएको उनीहरुले बताएका छन् । हिमतालबाट बाहिर निस्किएपछि गोताखोर टोलीका सदस्यले आगो ताप्ने र तातो सुप खाएर खोजीकार्यलाई तिब्रता दिइरहेका छन् ।
गएको शनिबार (साउन १९ गते) विहान पौडी खेल्ने क्रममा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ३ जना विद्यार्थी डुबेर बेपत्ता भएका थिए । कुरिनटारबाट गएको शसस्त्र प्रहरी बलको तालिमप्राप्त गोताखोर टोलीले हिजो पेम्बानोर्बु शेर्पाको शव हिमतालको २५ मिटर गहिराईबाट निकालेका थिए ।
हिमतालमा हराईरहेका पेम्बादोर्जे शेर्पा र सुमन बराईलीको खोजीकार्य भैरहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा २ जना गोताखोरसहित विपद व्यवस्थापन तालिम प्राप्त ५ जनाको एपीएफ टोलीले गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीकार्य गरिरहेका छन् ।
हेर्नुहोस फोटो फिचर ।

हिमतालभित्र गएर बेपत्ता विद्यार्थीको खोजी गरि फर्किएपछि तातो पानीले सेक्दै । अत्यािधक चिसोका कारण खोजीकार्यमा कठिनाई भएको छ । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र गएर बेपत्ता विद्यार्थीको खोजी गरि फर्किएपछि तातो सुप पिउँदै गोताखोर टोलिका सदस्य । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र गएर बेपत्ता विद्यार्थीको खोजी गरि फर्किएपछि आगो ताप्दै गोताखोर टोलिका सदस्य । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र बेपत्ता विद्यार्थीको खोजी गर्न जाँदै गोताखोर टोलिका सदस्य । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र बेपत्ता विद्यार्थीको खोजी गर्न जाँदै गोताखोर टोलिका सदस्य । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र बेपत्ता विद्यार्थीको खोजी गर्न जाँदै गोताखोर टोलिका सदस्य । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र बेपत्ता विद्यार्थीको खोजी गर्ने गोताखोर टोलिका सदस्यलाई सेक्नको लागि हटव्याकमा तातोपानी लगाउँदै स्थानीय । तस्वीरः लक्ष्मण अधिकारी ।
हिमतालभित्र बेपत्ता विद्यार्थीको खोजी गर्ने गोताखोर टोलिका सदस्यलाई सेक्नको लागि गोबरको गुईठा बालेर फुकिएको आगो । तस्वीरः लक्ष्मण अधिकारी ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार