२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

कविता आमा


२८ बैशाख २०७८, मंगलबार  

693
Shares

काठमाडौ । लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका तिलक थापा कवि भोजपुरे,समयकाल,परिस्थिति अनुसार सोही लय र समयसान्दर्भिग तवरले कविता कोर्न सक्ने प्रतिभा र क्षमता भएका व्यक्तित्व हुन् । कवि तिलक भोजपुरे,मातातिर्थ औंशीको अवसरमा आमा शीर्षक कविता रचना गरेका छन् ।

कविता आमा

बोकेर पेटमा कष्ट सहेर जन्म दिने लोकमा।
चुसाइ स्तनपान गराउने सदा ख्याल राख्ने भोकमा।
सहेर आफ्नो शरीरमा कष्ट धेरै बच्चा स्याहारसुसार सदा ।
दिइने छैनन् रुन भोक मेटाउने फोहोर सफा गरिदिने सदा।

गर्ने दिन भरि काम मेला वरपर बोकेर पिठ्युँ मा।
मान्ने छैनन् कति गुनासो सन्तानको हुन तिनै आमा।
बस्ने बरु उनै भोकै पेट चिन्ता सधैं बच्चा भोको लोला भनिन् ।
सधैं आफ्नो दुख लुकाएर सुख दिने तिनै हुन आमा पनि ।

सहने गर्छिन् बचन अरुको लुकाएर आँसु आँखामा।
जस्तोसुकै अशक्त भए पनि माया दिदै राख्ने सदा काखमा ।
बोकेर हिड्ने पछाडि भारी गतिलो नानी अगाडि तिर।।
आमा नै तिनि हुन सन्तान खातिर ज्यान दिने नमानी पिर।

दिने गर्छिन् असल शिक्षा शिशुलाई ज्ञानी होस् भन्छिन् ।
आफुले हरेक पिडा कष्ट सहेर बिधालय पठाउने पनि ।
बुझेर आमाको त्याग ममता सबै असल खुब बन ।
राम्रो संग पुर्‍याउन विवेक नदिनु आमालाइ रुन ।

तिलक थापा भोजपुरे
अरुण गाउँपालिका
वडा नं ७ मैदाने
भोजपुर

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ५२ बजे