कविता
ज्यूँदै रहन्छ आत्मा, देह मरेर पनि ।
पालउँछ पात फेरी, पूरै झरेर पनि ।
दुर्भाग्य त्यतिखेर, हुन्छ यो जिन्दगीमा
लुटिन्छ अधिकार, दुख गरेर पनि ।
यात्रा हुनेछ कठिन्, टेढोमेडो हिँडेमा
जितिन्न जतिसुकै, विष छरेर पनि ।
जाने हो रित्तो सबै, परमधाम हुँदा
बेकार छन् असर्फी, टन्न भरेर पनि ।
नविन कार्की, माप्यदुधकोशी गाउँपालिका ३, सोलुखुम्बु ।