‘ड्रेस टु इम्प्रेस सिजन-९’ एकैसाथ चार जनाले जिते उपाधि

  सगरमाथा अनलाईन
231 Shares

काठमाडौँ । फेसन डिजाइरहरुको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन-९’ मा ४ विजेता छानिएका छन् । प्रतिस्पर्धामा राखिएको ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित कर्प्स’, ‘मेतालिक एण्ड इथ्लेजर’ चार थिम अनुसार चार विजेता छानिएका हुन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न प्रतियोगीतामा ‘लुक आइ क्यान फ्लाई’ तर्फ माया गुरुङ विजेता बन्दा ‘तक्स एण्ड तिआरा’ तर्फ फर्जाना खातुन विजेता भइन् । त्यस्तै ‘एक्स्कुइजित कर्प्स’ र ‘मेतालिक एण्ड इथ्लेजर’ तर्फ क्रमश प्रिया घिमिरे र एन्जोली महर्जन विजेता बन्न सफल रहे । कार्यक्रममा एन्जोलीले बेष्ट डिसिप्लेन अवार्ड समेत हात पारिन् । विजेता सबैले नगद सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले पुरस्कार प्रदान गरिन् ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धामा ‘ड्रेस टु इम्प्रेस सिजन-९’मा १०७ डिजाइनिङका विद्यार्थीले सहभागी थिए । कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो ।

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा पनि समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेको छन् ।

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि रहेको ‘डे«स टु इम्प्रेस सिजन-९’मा पुर्व मिस नेपाल उषा खड्गी, फेसन डिजाइनरहरु राजेश ढाक्का, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीश लगायत निर्णायक रहेका थिए ।

‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम रहेको आईआईएफटीका कार्यकारी निर्देशक विपना थापाले बताइन् । आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको थापाको भनाई छ ।

‘ड्रेस टु इम्प्रेस’ले फेसन पारखीलाई फेसनको जानकारी दिनुका साथै पब्लिकमा फेसन क्रेज समेत बढाउने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार