सङ्क्रान्ति बजारमा मालपोत कार्यालय सेवा

7 Shares

तेह्रथुम, २१ पुस । पूर्वी आठराई क्षेत्रका नौ गाविसलाई लक्ष्य गर्दै सङ्क्रान्ति बजारबाट मालपोल कार्यालयले बुधबार सेवा सञ्चालन गरेको छ ।
प्रजिअ मनुका न्यौपानेले कार्यालय उद्घाटन गर्दै कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । कार्यालय प्रमुख विजय इङनामले कार्यालय सञ्चालनमा सबै सरोकार भएका निकायलाई आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यालय सञ्चालनमा आएपछि वर्षौंदेखि सेवा लिन १२ कोस टाढा सदरमुकाम म्याङलुङ धाउनुपर्ने आठराईवासीको बाध्यता अब हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, सङ्क्रान्तिबजार, खाम्लालुङ, सम्दु र इसिबु गाविसवासीले मालपोतसँग सम्बन्धित सेवा पाउने भएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार