उपराष्ट्रपति पुनको यिपिन भ्रमणमा नेपाली विद्यार्थीसँग अन्तरक्रिया [फोटोफिचर]

यिपिन । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । पुनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गरेका हुन् । यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ सहर हो । ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र बाँसको सहर भनेर चिनिन्छ । उपराष्ट्रपतिले शनिबार विहान सिचुवान यूनिभर्सिटी ए...

हरितालिका तीज फोटो फिचर

काठमाडौँ । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका हिन्दु नारीहरुले धुमधामका साथ मनाए । नेपालको विभिन्न मन्दिरहरुमा सयौं भक्तजनले पुजा, नाचगान गर्दै तीज मनाएका छन् । पशुपतिनाथ मन्दिरमा पनि धुमधामका साथ नाँचगान, दर्शन एवं पूजा गरेर तीज मनाइएको छ । तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन् । पूजा नलगाउने...

म्याग्दी सदरमुकाम बेनीमा रोपाइँ नाच [फोटो फिचर]

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा पहिलेको वर्ष जस्तै यस वर्ष पनि रोपाइँ नृत्य प्रस्तुत गरिएको छ । विभिन्न जातजातिको भेषभूषा लगाएर स्थानीयले रोपाइँ नृत्यमा सहभागी भएका थिए । गाउँदै र नाँच्दै स्थानीय कलाकारले सदरमुकाम बेनी बजार परिक्रमा गरेका थिए । म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलीक बर्खे नाचअन्तर्गत रोपाइँ नृत्य प्रस्तुत गर्दै कलाकारहरु । ...

फोटोफिचरमा बिम्स्टेक सम्मेलन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गरे । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिम्स्टेकको गहन एकीकरणक...

स्वीजरल्याण्डको सुन्दरता (फोटो फिचर)

काठमाडौं । पूर्व बेलायती सेना तथा समाजसेवी देब रुम्दाली राई यत्तिबेला संसारको सुन्दर देश स्वीजरल्याण्डको भ्रमणमा छन् । उनी बेलायतमै बस्छन् । समय समयमा नेपाल आउने जाने गर्छन् । केहि समय समाज सेवामा पनि खर्चिन्छन् । अनि केहि समय घुमघाममा । स्वीजरल्याण्ड भ्रमणमा उनका क्यामेराले सुन्दर तस्वीरहरु कदै गरि हामीलाई पठाएका छन् । स्वीजरल्याण्ड संसारको सुन्दर देशहरुमध्ये एक हो । स्विटजरल्यान्ड नेपाल जस्तै...

गाईजात्रा पर्व देशभर मनाइदै

काठमाडौं । देशका विभिन्न जिल्लामा मौलिक रुपमा गाइजात्रा पर्व मनाइदै छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा देश व्यापी नेवार समुदायमा धुमधामका साथ मनाइने गरेको छ । गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधरणले मुख्यरुपमा आज मात्र गाईजात्रा निकाल्ने गर्छन् । भत्तपुरमा पनि गाइजात्राको रौनक बढेको छ । गाईजात्रा निकाल्नुअघि...