२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्यअवस्थाबारे जानकारी


१६ माघ २०७३, आइतबार  

0
Shares

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएका नेकपा ९मसाल० का महामन्त्री मोहनबिक्रम सिंहलाई आज अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बताउनुभयो ।

चिनीरोग र फोक्सोमा पानी जमेको लगायतका समस्याबाट पीडित भएपछि नेता सिंह विगत चार दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । एक्कासी वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७३, आइतबार  ६ : ५० बजे