९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

अध्यक्ष ओली तिब्बत प्रस्थान


७ श्रावण २०७४, शनिबार  

28
Shares

काठमाडौँ, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ जानुभएको हो । उहाँले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्नुहुने केन्द्रीय सदस्य हिक्मत कार्कीले जनाउनुभयो ।

यसैबीच अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

Sagarmatha

प्रकाशित मिति : ७ श्रावण २०७४, शनिबार  १२ : ३१ बजे