६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन


१० आश्विन २०७४, मंगलबार  

0
Shares

 

सल्लेरी, सोलुखुम्बु, १० असोज । दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन् ।

कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका छन् भने कतिपय कार्यालय कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् । कार्यालय प्रमुखविहीन भएका कार्यालयमा जिल्ला समन्वय समिति, जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय, सिँचाइ विकास सव–डिभिजन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खाद्य संस्थान कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेशन, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेशन सहयोगीको भरमा सञ्चालनमा रहेको पाइएको छ ।

बिदामा गएका कार्यालय प्रमुखले कमैले मात्र दशैँको बिदा लिएको पाइएको छ । धेरैले व्यक्तिगत तथा विभागीय काम देखाएर बिदामा गएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

Sagarmatha

जिल्लास्थित सरकारी कार्यालयका प्रमुख बिदामा जाँदा प्रमुख जिल्ला अधिकारीसँग लिखितरुपमा स्वीकृति गराएर मात्र बिदामा बस्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिइसकेको भए पनि कतिपय कार्यालय प्रमुखले निर्देशनको पालना गरेका छैनन् ।

केही कार्यालय प्रमुखले मौखिकरुपमा जानकारी गराएका छन् । कतिपयले भने जानकारी समेत नगराई बिदामा बसेको प्रजिअ थापाले बताउनुभयो । निर्देशनको अवज्ञा गर्ने कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिने प्रजिअ थापाले बताउनुभयो ।

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलबार  २ : ०४ बजे