वि. सं. २०१७ सालमा खोटाङ जिल्लाको लामिडाँडा चिउरीबासमा जन्मिएका ध्यानबाहदुर राई राजनैतिक यात्राको आरोह अवरोहका बीच अहिले संघयि समाजवादी फोरमको केन्द्रीय सदस्य हुनुहुन्छ । सानै उमेरदेखि तिक्ष्ण बुद्दि र क्षमता भएका राईको जन्म पहाडि जिल्ला खोटाङमा भएपनि कर्मथलो भने सुनसरीको धरानमा भयो । वि. सं. २०३५ सालदेखि राजनीतिक यात्रा तय गरेका राईले नेकपा एमाले, संघीय समाजवादीहुँदै अहिले संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सदस्य भएर सक्रिय राजनीति गरिरहेका छन् । राईले राजनीतिक जीवन शुरु गरेको ४२ वर्ष भैसकेको छ । राजनीतिमा उनी एक अनुभवी नेताका रुपमा दरिएका छन् । उनले धरान नगरपालिकाको मेयर भएर ५ वर्षे कार्यकालको अनुभव बटुलिसकेका छन् । नेता राईले जीवनको उत्तारार्धमा किन पार्टी परिवर्तन गर्नु प¥र्यो ? लामो समयसम्म कम्युनिष्ट राजनीतिमा अब्बल रहेका राई एकाएक किन प्रजातान्त्रिक विचारमा होमिए ? प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा उनले कहाँबाट उम्मेदवारी दिदैँछन् ? भन्ने बारेमा सगरमाथा अनलाईका प्रधानसम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।
राजनीति यात्रा कहिले देखि शुरु गर्नुभयो ?
वि. सं. २०३५ सालबाट विद्यार्थी राजनीतिदेखि मैले राजनीतिक यात्रा शुरु गरेको हो । जुनबेला म आजको एमालेको माउ माले पार्टीबाट राजनीति शुरु गरेको हो ।
तपाईले राजनीति शुरु गर्दाखेरीको अवस्थामा राजनीति गर्न कत्तिको सजिलो थियो ?
मैले राजनीति शुरु गर्दा भूमिगत रुपमा भेला र छलफल गर्नु पथ्र्यो । अहिलेको जस्तो स्वतन्त्र रुपमा आफ्ना विचारहरु राख्न पाइदैनथ्यो । वि. सं. २०३५ सालमा माले गठन भयो । म ३५ सालको विद्यार्थी आन्दोलनबाट नै जोडिदै राजनीतिमा होमिए । म अनेरास्ववियू ललितपुरको जिल्ला कमिटि हुँदै २०३८ सालको छैठौं अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । केहि समयपछि सचिवालय सदस्यको रुपमा छानिए । त्यसबेला पुलचोक क्याम्पसको होस्टल ३१७ नं. कोठामा बसेर देशैभरिको प्रतिनिधीहरुको भेला आयोजना गरेका थियौं । जुनबेला पुलिस हस्तक्षेप भयो । म सहित ४२ जना विद्यार्थी नेता पक्राउ परियो । हाम्रो सबै कागजपत्र, मुलकभरिकै रेकर्डहरु सबै पुलिसले लगिदियो । पक्राउ भएपछि सदरखोर हुँदै विभिन्न जेलमा जेल चनाल ग¥र्यो । जुनबेला प्रशासनको पनि सूचना लिक भएको थियो ।
केहि साथीहरु बाहिर बस्ने केहि साथीहरु पक्राउ हुने सल्लाह भयो । त्यसबेलाको अध्यक्ष टंक कार्की थिए । टंकजी, महासचिव ठाकुरचन्द्र श्रेष्ठ बाहिर रहने हामी नन्दकन्दङ्बा, भिम न्यौपाने, भिम रावल लगायत ४२ जना मेरो कोठामा छलफल गरिरहेका थियौं । त्यही बेला पुलिसले हामीलाई पक्राउ ग¥र्यो । त्यसमध्ये हामी १२ जनालाई भैरहवा जेल पठायो । भैरहवा जेलमा हुँदैखेरी काठमाडौंमा अधिवेशन सम्पन्न भयो । पक्राउ पर्ने पक्रउ परे तिरविरत हुने तितरवितर भए ।
अधिवेशनपछि तपाईको जिम्मेवारी के थियो ?
अधिवेशनपछि म सेना कमिटिको सदस्य भए । त्यस बेला मैले मेची, कोशी, सगरमाथा र जनकपुर ४ वटा अञ्चलको समन्वय गर्थे । पछि २०३९ सालमा ठूलो विवाद भयो । २०४० सालसम्ममा एउटा तरंग आयो मालेपाटी भित्रि सशस्त्र क्रान्ति गर्ने की वैधानिक संघर्षबाट अगाडि बढ्ने भन्ने बारेमा दुई लाईनको संघर्ष मुलतः विद्यार्थीहरुले नै पाटी स्वतन्त्रता र राजनीतिक स्वतन्त्राको नारा भनिन्थ्यो त्यो बेलामा । हामी पार्टी स्वतन्त्रता पक्षिय, डेमोक्रेटिक मुभम्यानमा चाँही कांग्रेसलाई पनि मिलाएर लैजानु पर्छ भन्ने विचार राख्दथ्यौं तर अरुलाई त्यो मान्य भएन ।
भनेपछि तपाई त्यत्तिबेला डेमोक्रेटिक लाईमा हुनुहुन्थ्यो ?
डेमोक्रेटिक भन्दा पनि सबैलाई मिलाएर लैजानु पर्छ भन्ने लाईमा म लगायत धेरै साथीहरु थियौं । पछि २०४२÷४३ सालमा पार्टीबाट पञ्चायतमा पनि हस्तक्षेपकारी भूमिका निभाउनु पर्छ भन्ने सर्कुलर ग¥र्यो । हामी त्यो सर्कुलरलाई मज्जैले पालना गरेर कार्यान्वयन गर्ने तर्फ लागिउ ।
पछि बहुदल आयो । बहुदल आएपछि म धरान नगर कमिटिको सचिव भए । त्यो बेला सचिव र महासचिव सिस्टम थियो । २०४८ सालमा आम निर्वाचन भयो । मनोमोहन अधिकारीलाई हामिले जिताएर पठायौं । २०४९ सालमा नेकपा एमालेबाट धरानको मेयरको रुपमा मलाई पार्टीले उम्मेदवार बनायो । म मेयरमा विजयी भए । २०५४ सालसम्म कार्यकाल रहेको थियो । ५ वर्षे कार्यकाल । २०५४ सालमा आईपुग्दा नपुग्दै महाकाली सन्धीको पक्ष विपक्षमा पार्टीभित्र विवाद भयो । त्यसबेला हामीले महाकाली सन्धी राष्ट्रघाती हो भनीउ । बामदेब गौतम लगायत नेपालगञ्जको छठौं महाधिवेशनपछि ब्रेक भयो । सातौं महाधिवेशन हुँदाखेरी फेरी जोडिन आइपुग्यौं । किन भने २०५१ सालदेखि शुरु भएको माओवादी विद्रोह चाँही क्लाइमेक्समा पुगेको थियो । हामी माले पट्टी लाग्ने नेताहरु एमालेमा फर्कन चाहदैनथे । तिनीहरु माओवादी युद्धतिर आकर्षित भए र भटाभट मर्न थाले । त्यसमध्ये दुई भाई मालेको केन्द्रीय अखिलमा बसेको नविन राई र दिलबहादुर राई उनीहरु बेपत्तानै भए, उनीहरुलाई मारियो । त्यस अवस्थामा न हतियारको तालिम गरेको छ, उत्साहित भएर माओवादीतिर लागेका छन् । पक्राउ पर्ने पनि मर्ने पनि पूर्व मालेवालाहरु हुन थालेपछि, हुँदैन है अब जेभएपनि वैधानिक हिसाबले हिडिरहेको पार्टी त्यो राष्ट्रघाती हामीले भनेको भए पनि अब त्यहा मिसिनुको बिकल्प छैन भनेर हामी फेरी मिसिन आइपुग्यौं ।
कम्युष्निट राजनीतिमा यात्रामा गरिरहँदा कुनै बेला फरक विचार लिएर छुट्टिनु पर्छ भन्ने सोच्नु भएको थियो की थिएन ?
मलाई राजनीतिमा लाग्दा शुरुमा त त्यस्तो लाग्दैन थियो । तर पार्टीले गरेका विभिन्न काम र सर्कुलरले भने कुनै बेला यो पार्टीको भन्दा फरक विचार लिएर हिड्नु पर्ला की भन्ने शंका मात्रै थियो, तर विश्वास थिएन । भएको के भने सातौं अधिवेशन जनकपुरमा हुँदाखेरी हामी प्रतिनिधि भएर गयौं । नवौं महाधिबेशनसम्म रहिएन किनभने आठौं महाधिवेशन बुटवलमा हुदासम्म बसियो । त्यो बेलासम्म अघिल्लो संविधान सभाले संविधान जारी गर्छ भन्ने विश्वास मानेका थियौं । शान्ति प्रक्रिया तिब्र गतिमा बढिरहेको अवस्थामा हाम्रो पार्टीले आफूले राखेका पूर्ववतः अडानहरुलाई, उसका धारणाहरुलाई बदल्यो भन्ने हामीलाई लाग्यो । संविधान सभा विघठन गर्नमा एउटाले अर्कोलाई दोष देखाएपनि ठूला पार्टीहरु कांग्रेस, एमाले, माओवादी तिनवटै उत्तिकै जिम्मेवार छन् भन्ने लाग्छ । अब दोष लगाउँदा एउटाले अर्कोलाई लगाउने चलन छ । संविधान सभा भंग भयो, भंग भएपछि वितृष्णा उत्पन्न भयो । पार्टीका अगुवाहरु झुट्ठो बोल्छन्, वा उनीहरु भ्रम छर्छन्, वा नचाहिने कुरा पनि बोल्छन्, र त्यसमा अडिदैनन्, युद्धताका प्रोत्साहित गर्दै बन्दुक बोकाउनलाई उत्साहित गर्नलाई अनेक अनेक भन्ने माओवादी एमाले सरहनै झ¥र्यो भन्ने अहिले पनि हाम्रो विश्लेषण हो । पछि संघिय समाजवादी पार्टी बन्यो । संघिय समाजवादी पार्टीमा केहि समय बसियो । अहिले संघिय समाजवादी फोरम भन्ने पार्टी बनेको छ । त्यसको म केन्द्रीय सदस्य छु । मैले जे गरे ठीक गरेको छु भन्ने लागेको छ ।
संघीय समाजवादीमा अशोक राईसँगै जानु भयो की अलिपछि ?
म एमालेमा केन्द्रीय निर्वाचन समितिमा थिए । बैठकमा नेताहरुले बोलाउँदा जान छोडेको थिए । किनभने मनैबाट मैले राजीनामा दिए । औपचारिक रुपमा कागजमा लेखेर मैले राजीनामा दिए, पार्टी छोडे भनिराख्नु किन प¥र्यो ? आखिर मनको कुरा हो । मान्छे विचारसँग सम्बनिधत, सिद्धान्तसँग सम्बन्धित हुन्छ । विचार नीति सिद्धान्तसँग सम्बन्धित भएको हुनाले त्यसमै अलि तलमाथी गर्न थाले भन्ने विश्वास भएपछि मैले कुनै बैठकमा पनि सहभागी जनाइन । र यो पार्टी चाँही अहिले हामिले बनाउँ खोजेको त्यत्तिबेलाको संघिय समाजवादी पार्टी पनि सबै नेपालका कलरहरु जातजाती, संस्कार संस्कृति, धर्म परम्परामा विश्वास गर्नेहरुको सामाजिक तस्वीर पार्टीमा पनि उत्रिनु पर्छ र राज्यमा पनि उत्रिनु पर्छ भन्ने विश्वास हो र अहिले पनि छ । मेरो दृढ विश्वास के छ भने संसारमा हुने द्धन्द्धहरुको २ कारण अहिले प्रकट भएको छ । त्यो के भने सामाजिक विभेदहरुको सिकार कसैले म अर्घेलोमा परे, थिचोमिचोमा परे, म विभेदमा परे भन्ने मनोविज्ञान भएसम्म द्धन्द्ध रहन्छ । र आर्थिक रुपमा धनी र गरिबको बीचमा खाडल भयो । शोसक र सामन्ती भन्न त छोडियो तर पनि आखिर वर्गीय हिसावले जुन ग्याप छ । हुने खानेहरु र हुदाँ खानेको बीचमा के खाउँ के लाउँ भन्नेहरुको अन्त्य वर्गीय हिसावले हुन पर्दछ । उपल्लो जाती, श्रेष्ठ जाती, निकम्मा जाती, तुच्छ जाती, तल्लो जाती, बुद्धि भएको जाती, बुद्धि नभएको जाती जन्मसिद्ध कोही पनि हुँदैन । त्यो मनोविज्ञान समाजबाट जबसम्म अन्त्य हुँदैन, असमानता रहन्छ, सामाजिक रुपमा, तबसम्म द्धन्द्धको आगो भित्रभित्रै जलिरहेको हुन्छ ।
युवाअवस्थाको उर्जाशील समय नेकपा एमालेमा खर्चिनु भयो, तर पछि फरक विचारमा लाग्नु भयो किन ?
व्यक्तिगत रुपमा लिप्साका आधारले, स्वार्थका आधारले भएको भए एमालेभित्र म अहिले मन्त्री हुन्थे । केन्द्रीय कमिटिमा हुन्थे, छुट्टै कुरा हो त्यो । अवसर नपाएर होइन । जे भनियो कथनी र करणीको बीचमा तालमेल नहुँदाको अवस्थाबाट राष्ट्रवादी दावी गर्ने एमालेले कसैलाई पर पन्छाएर, हेपेर, गालीगलौज गरेर हुनेवाला केहि छैन । हामी अनेक जातजाती मिलेका छौं । भूगोलका हिसाबले पनि हिमाली, पहाडी, मधेसी हामी सबै एक हुनु पर्दछ रंग फरक फरक भएपनि भेषभूषा जेसुकै भएपनि हामी मिल्नुको विकल्प छैन । त्यो ठाउँबाट चिप्लीएर एमाले वैचारिक हिसावले नै स्खलित भयो की भन्ने लाग्छ । किनभने वर्गीय हिसावले कुरा गर्दा खेरी नव धनाढ्य र संभ्रान्त । तपाई शिक्षामा हेर्नुहोस, स्वास्थ्यमा हेर्नुहोस, बित्तिय निकाय बैंकिङ सेक्टरमा हेर्नुहोस । पावर सेक्टरमा हेर्नुस, हाइड्रो सेक्टरमा हेर्नुस । एनजीओ आईएनजीओमा हेर्नुस । सबैतिरमा दख्खल भएको वर्गको उत्थान नेताहरुको हुन गयो । जनता त जहाँको त्यही छ । खाडी जाने मानिसहरु त एमाले भोटर पनि छन् नी ? यो समाजलाई आफूजत्तिकै माथि उठाउन चाहनुहुन्छ की हुन्न ? आर्थिक दृष्टिकोण के ? राजनैतिक के, सामाजिक रुपमा एकताबद्ध गराउँने के ? आर्थिक हिसावले पनि त्यो एकताबद्ध गराउने र माथि उठाउने समानतामा ल्याउने त्यो सिद्धान्त, विचार, कार्यक्रम, नीति सबैबाट चिप्लीएर गएको देखिन्छ । भने समाजलाई पनि एकताबद्ध गर्ने होइनकी समाजको घाउमाथी नुनचुक छर्ने, एक अर्काको पारस्पारिक सम्मानमाथी चोक पुग्ने काम गर्ने गर्नु हुँदैन । त्यो काम चाही सामाजिक एकताको नकारात्मक दिशामा हुन्छ । यही कुरा पार्टी नेतृत्व पंक्तिबाट भयो त्यसैले मैले एमाले छोडेको हो ।
प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुँदैछ, तपाईको तयारी के छ ?
हामी विस्तारै हिडिरहेका छौं । एकचोटी सबै कुरा हुन्छ । हामी फल प्राप्त गर्छौं, गन्तव्यमा पुग्छौं, सफल हुन्छौं भन्ने हामीलाई लाग्दैन । राजनीतिको लामो अनुभव यात्रामा निस्कदै जाँदाखेरी पञ्चायतकाल हाम्रो उमेरको हिसाबले पञ्चायतको बैश चलेको बेलामा शुरु गरेको हुनाले आरोह अवरोहको बारेमा मलाई राम्ररी थाहा छ । मेरो गाउँको कुरा गर्दाखेरी जिल्लैभरी दुलर्भ कम्युनिष्ट मान्छे थिए । खोटाङ जिल्लामा जन्म भयो । सुनसरी जिल्ला कार्यक्षेत्र भयो । त्यो दुर्लभभित्रै पर्छु म कम्युनिष्ट आन्दोलनको कुरा गर्दाखेरी । मेरो गाउँको कुरा गर्दा त म एक्लै हो । अझै मैले बनाएकै मान्छेहरु एमालेमा हुनुहुन्छ । म न्यायको लागि, समानताको लागि, स्वतन्त्रताको लागि, समताको अभियानमा हिडेको छु, आत्मागौरव छ । र एकदिन न एक दिन यो शसक्त हुन्छ भन्नेमा दृढ विश्वास राख्दछु । अहिले प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुँदैछ । पार्टिले, पार्टीका साथीहरुले तपाई उभिनु पर्छ, खडा हुनुपर्छ, भन्ने भएमा म त्यसको लागि तयार छु ।
कुन प्रदेशको कुन क्षेत्रबाट तपाईको उम्मेदवारी हुन्छ ?
म १ नंबर प्रदेशको सुनसरी जिल्लाको प्रतिनिधी सभाको लागि क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारी दिनेछु । मलाई अहिले पार्टी पंक्ति र साथीहरुले प्रत्यक्षबाटै निर्वाचनमा चुनाव लड्नु पर्छ भनेर सल्लाह दिइरहनु भएको छ । त्यसैले मैले पनि त्यही अनुसारको मानसिकता बनाएको छु । त्यही भएर प्रतिनिधी सभाको लागि प्रत्यक्ष रुपमा चुनाव लड्दै छु ।
धरान नगरापालिकाको मेयर भएर काम गरीसक्नु भएको छ ? तपाईको पक्षमा फेरी त्यस्तै जनमत हुन्छ भन्ने आधारहरु के के छन् ?
धरानमा स्थानीय निकायको निर्वाचनपछि धरान नगरपालिकाको प्रमुखको रुपमा ५ वर्षे कार्यकाल बिताए । स्रोत साधनको परिचालनको हिसाबले र त्यहाँको आवश्यकताको प्राथमिकीकरण गर्दै लैजाँदाखेरी जे गर्नु थियो त्यो मैले गरे । म त्यसमा आत्मा सन्तुष्ट छु । धराने आम जनता म प्रति विश्वास गर्नु हुन्छ, मेरो इमान्दारीप्रति, मेरो दृष्टिकोणप्रति तर विडम्बनानै भन्नु पर्छ एमालेको सांगठानिक जालो, हामीले नै बनाएको जालो त्यहाँ जस्ताको तस्तै रहेको छ । र हामीले त्यस्तै जालो बनाउन सकिरहेका छैनौं । सांगठानिक रुपमा सशक्त बनाउँन सकिएको छैनौ । त्यो बनाउने क्रममा छौं । र त्यो बनाउन सकिन्छ भन्ने दृढ विश्वास पनि छ । आम धरानको जनता अर्कै पाटीमा लागेपनि ध्यानबहादुर राईप्रति माया नगर्ने मान्छेहरु बहुत कम छन् । यो मान्छेले फटाई गर्छ भन्नेमा कसैले पनि विश्वास गर्दैनन्, जुनसुकै पार्टीको भएपनि त्यो मेरो सम्पत्ति हो मेरो लागि । सांगठिनिक हिसाबले संगठनको जालो विच्छ्याउने सन्दर्भमा अहिले हामी लागिरहेका छौं । किनभने हिजोको जालो जस्ताको तस्तै किन रहेको छ भने दुईटा कारण एउटात ईजी गोइङमा आम मानिसहरु जान्छन् की जस्तो, त्यो मनोबज्ञानिक हिसाबले किन कठिनाई गर्ने भन्ने हिसाबले पनि होला । त्यो हुनु स्वभाविक छ । त्यसलाई मैले अन्यथा भन्दिन तर त्यो सधैँ यथावत रहन्छ भन्ने पनि लाग्दैन । एउटा कुरा, दोस्रो कुरा के हो भने हामी माथिको लान्छानहरुलाई हामीले पूर्ण रुपले चिर्न सकेनछौं की जस्तो लाग्छ । जस्तो कांग्रेसमाथी अराष्ट्रिय तत्वको वात लाग्थ्यो । पहिलेको माले अहिलेको एमालेलाई टाउको काट्ने, रक्तपात मच्चाउने लाग्थ्यो । यो वर्गीय हिसाबले अघिल्लो अलि माथि उठेको वर्गलाई लखेट्ने, जातपात नभन्ने, धर्म, कर्म, परम्परा, सँस्कार केहि मान्न नदिने, चेलीबेटी नभन्ने अनेक अनेक वात लागेको थियो । त्यो कठिन वात लागेकोमा प्रतिबाद गर्दै गर्दै अहिलेको एमाले, एमाले बनेको हो । कांग्रेसको पनि त्यस्तै अराष्ट्रिय तत्व । यो कांग्रेस भनेको राष्ट्रभक्त हुँदैन, देश भक्त होइन, यो भारतको पुच्छर हो । भारतले जे जे भन्यो त्यो दलाल हो भन्ने बुझाईबाट अथवा आम भ्रमबाट मुक्ति पाउनका लागि अहिलेको कांग्रेसलाई समय लागेको थियो । त्यो समय निश्चयनै हामीलाई पनि लाग्छ । तर के भने यो भम्रहरु भनेको भ्रमहरु नै हुन्, अस्थायी कुरा हो । समय आएपछि त्यो भ्रमहरु अवश्यनै चिरिन्छ । हामी कुनै एउटा एकल जाती, वर्चश्वको, हैकमवादको पक्षमा लागेका छैनौं । मेलमिलापपूर्ण समाज निर्माणको लागि लागि रहेका छौं । त्यसैले धरानका आम जनताले फेरी मलाई पहिलाकै जस्तै मत दिएर विजयी गराउँछन् भन्ने म पूर्ण विश्वासमा छु ।
चुनावी अभियानमा तपाईको मुख्य एजेण्डाहरु के के छन् ?
सामाजिक असमानताहरुलाई मेट्ने । आर्थिक रुपमा भएको असमानता र अवसरहरुको पहुँचमाथी भैरहेको विभेदलाई मेट्ने । उर्जाशील उमेरका युवाहरु देशमा रहनु पर्ने, क्रियाशील हुनुपर्ने, उत्पादनमा लाग्नु पर्ने हो, तर अहिले त्यस्तो अवस्था छैन । त्यो दायित्व कस्ले गर्ने हो ? वर्षेणी लाखौं युवाहरु विदेशिन बाध्य पारिएको छ । संविधानमा व्यवस्था भए पनि राज्यले समान रुपमा नागरिकलाई व्यवहार गरेको छैन । युवाजत्ति विदेश खेद्ने । भएको उद्योगधन्दा बन्द गर्ने । कृषि उपजमा हामी सप्लायर्स मुलुक हो । अहिले क्रेता भएका छौं । व्यापार घाटा बढिरहेको छ, उद्योगधन्दा छैन, रोजगारीको सिर्जनाको अर्को ठाउँ छैन । यस्तो कहाली लाग्दो अवस्थालाई चिर्नु नै हाम्रो मुख्य चुनावी एजेण्डा हुनेछ ।
अन्त्यमा तपाईको क्षेत्रको आम नागरिकहरुलाई के भन्नुहुन्छ ?
मेरो क्षेत्रका आम नागरिकहरुलाई म के भन्न चाहन्छु भने म प्रतिको श्रद्धा विस्वास यथावत छ, र रहने छ भन्ने लाग्छ । हाम्रो पार्टी र म प्रति लागेको आरोपहरुको खण्डन व्यवहारमै हामी गर्दै जान्छौं, र त्यो जाने क्रममा उहाँहरु कन्भिन्स हुनुहुन्छ भन्ने मलाई लाग्दछ । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले घरघरमा अधिकार पु¥याएको, सिंहदरबार दैलोमै आएको रुपमा जुन प्रचार गरिएको छ, स्थानीय तह जितेका सरकारमा बसेका प्रमुखहरुको काम कारबाहि पनि देखिएकै छ । सबैभन्दा ठूलो कुरा के हो भने स्रोतको विकास हुनु पर्दछ । स्रोतको विकास उद्यमशीलताबाट हुन्छ । त्यो उद्यमशील नभएको अवस्थामा ट्याक्स लगाएर मात्रै फेरी जनतालाई लुट्ने काम हुन्छ । त्यो कुरा जनताले विस्तारै बुझ्दैछन् । मलाई लागेको कुरा के हो भने यो प्रदेश जुन बनाइएको छ, सारतः वस्तुतः संघियता विरोधीहरुको गणितीय माहोलभन्दा संविधान हतार हतार लेखिएको छ । अघिल्लो संविधान सभामा अर्कै खालको गणित थियो । त्यो डरमर्दो भयो । त्यसलाई भंग गर्नुपर्ने भयो, भंग भयो । पछिल्लो संविधान सभा चाँही अनुकुलको गणित बनेको हुनाले लुते भएको, कमजोर भएको मौकालाई छोपेर तथाकथित संघियताको मोडलमा जान खोजेको देखिन्छ । पञ्चायत कालमा अञ्चल पञ्चायत भन्ने थियो । अञ्चल पञ्चायतको अधिकारहरुलाई कटौती गरिएको थियो । या त जिल्ला पञ्चायत, गाउँपञ्चायत र नगरपञ्चायतलाई अधिकार थियो । अञ्चल पञ्चायतलाई कुनै प्रकारको अधिकार थिएन । त्यो सेरेमोनियल टाइपको थियो र केन्द्रमा थियो । यही काम अहिले दोहोरिएको छ । स्थानीय तहलाई धेरै अधिकार दिइएको छ । जसले थाम्नै सक्दैन । संरचना नै छैन । जुन तहलाई शक्तिका साथमा प्रबन्ध गर्नु पर्ने, संरचना प्रदेश संरचना हो । त्यो प्रदेश संरचनालाई पङ्गो बनाउने उद्देश्यबाट अधिकार बिहिन बनाएको छ । त्यो आफै पङगो हुन्छ । त्यो पङगो बनाउने उद्देश्यबाट बनाइएको छ, यसलाई पनि करेक्सन गर्नु आवश्यक छ । भारी बोक्नै नसक्नेलाई भारी बढि दिएर, अनि भारी बोक्ने संरचनालाई चाँही पङ्गो बनाएर, ल देखेउ त तिमीहरुले खोजेको संघियता यस्तै हुन्छ ? काम लाग्यो त ? भनेर निष्कर्षमा पु¥याउने उद्देश्यबाट यो कुरा भएको छ । त्यसलाई पनि चिरफार गर्नु पर्दछ । हामी निर्वाचित भयौं, संघमा गयौं र प्रदेशमा गयौं भने यो मुद्धालाई पनि जोडदार रुपमा उठाउँछौं र संशोधनको माध्ययमबाट कमिकमजोरीलाई हटाउँदै लैजानु पर्छ भन्ने हाम्रो मान्यता छ ।
२० आश्विन २०७४, शुक्रबार
3.5k
Shares







