काठमाडौं । न्यून बिजकीकरणमार्फत हुँदै आएको राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयले भन्सार जाँचपासमा कडाइ गर्न थालेपछि व्यापारीले आयात गर्न ठिक्क पारेको सामान सीमापारि नै ‘होल्ड’ गर्न थालेका छन् ।

मन्त्रालयमा शुक्रबार बोलाइएको बैठकमा अर्थमन्त्रीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा, काँकडभिट्टा, विराटनगर, ड्राइपोर्ट, वीरगन्जलगायत मुख्य भन्सार कार्यालयका प्रमुखलाई भन्सार छली नियन्त्रण गर्न निर्देशन दिएका थिए ।
अर्थमन्त्रीको निर्देशनपछि सबैजसो भन्सार कार्यालयले जाँचपासमा कडाइ गरेको अन्नपूर्णमा समाचार छ । भन्सारमा भएको कडाइसँगै व्यवसायीले सीमापारि नै सामान रोक्न थालेका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले भन्सारमा समस्या देखिएपछि आवश्यक सामान मात्र भन्सार छुटाउन थालेको अन्नपूर्णसँग बताएका छन् ।







