१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिंदै


२ चैत्र २०७४, शुक्रबार  

49
Shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनेभएको छ ।

संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिनुहुने बुझिएको छ । सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

Sagarmatha

बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ ।

आज दिउँसो १ बजेका लागि तोकिएको बैठक २ः१५ मा सुरु भयो ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार  ९ : २० बजे