२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सुको खर्च नगर्ने गौरवका तीन आयोजना



काठमाडौं । आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेका बेला तीनवटा गौरवका आयोजनाले ६ महिना समय एक सुको खर्च नगरी बिताएका छन् ।

नागरिक दैनिक ‘गौरवका तीन आयोजनाले सुको पनि खर्च गरेनन्’ शीर्षक समाचारमा लेख्छ– सरकारले प्राथमिकता दिएको दाबी गरिरहेका ती आयोजनामा एक सुको रकम खर्च हुन नसकेपछि अन्य आयोजनाको निर्माण कार्य कुन हालतमा भइरहेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा एक सुको रकम खर्च गर्न नसक्ने आयोजनामा पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल हुन् । अर्थ मन्त्रालयको रेकर्डमा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलमा एक सुको रकम खर्च हुन नसकेको देखिए पनि पछिल्लो समयमा उक्त विमानस्थलको निर्माण कार्यले भने गति लिइरहेको नागरिकको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  १ : ५४ बजे