२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

बिआरआईबाट नेपाल बढी लाभान्वित हुने विश्वास


६ चैत्र २०७४, मंगलबार  

56
Shares

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ ९बिआरआई० बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेर्को छ ।


चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताए । चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको उल्लेख गरे।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटवार्ता गर्न नेपालका लागि चीनका राजदूत यु होङ आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेको थियो । उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।
उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकामा चीन अत्यन्त खुशी रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने स्पष्ट गरे। भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीको पनि उपस्थिति थियो ।

Sagarmatha

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  ९ : ४१ बजे