२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

सोलुखुम्बुमा पहिरोले स्काभेटर पुरिँदा सहयोगीको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सुख्खा पहिरोले सडक खनिरहेको स्काभेटर पुरिँदा एक जनाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका १ पात्लेमा सडक खन्न प्रयोग गरिएको स्काभेटरका सहयोगी लोचन गौतमको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब निरिक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।

पात्ले भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासी पहिरो खसेको थियो । चालक खाना खान गएको समयमा पहिरो खसेको बताइएको छ । पहिरो खस्ने बेला सहयोगी गौतम स्काभेटरमा नै थिए । गौतम नेचा सल्यान गाउँपालिका ३ का हुन् ।
महाकुलुङ क्षेत्रमा सडक खन्न प्रयोग गरेको स्काभेटर भने स्थानीय दुर्गा राईको स्वामित्वमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहिबार  ३ : ०९ बजे