२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

खोलाले बगाएर मोरङमा दुईको मृत्यु



मोरङ, ११ असोज । मोरङमा खोलाले बगाएर सोमबार दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको पथरी–शनिश्चरे–९ नमुनाटोल बस्ने अन्दाजी ५५ वर्षीया कथिमी झाँगडको घरनजिकै रहेको देवीस्थान खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, सुखानी खोलाले बगाउँदा मोरङकै भौडाहाका एक वृद्धको मृत्यु भएको छ । भौडाहा वडा नं २ र ९ को सिमानामा पर्ने सुखानी खोला तर्नेक्रममा बगाउँदा भौडाहा–१ का ६० वर्षीय मोती मुडियारीको मृत्यु भएको हो । रासस

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ४ : ५० बजे