ओखलढुंगा, १७ असोज । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले सदरमुकाम ओखलढुंगाबाट तासको खालबाट चारजनालाई पक्राउ गरेको छ । दिउसै तास खेलिरहेको अवस्थामा भेटेपछि सदरमुकाम ओखलढुंगाको रामबजारबाट व्यापारी र कर्मचारी समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवातास नियन्त्रण अभियान अन्तर्गत तास खेलाउने गरेको सुचनाका आधारमा छापा मार्दा हेमबहादुर कट्वाल, विशेश्वर बराल, युवराज राई, कुलबहादुर भुजेल र मोहन केशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसअघि पनि उनीहरुलाई पक्राउ गरि चेतावनी दिएर छोडिएको थियो । दोस्रो पटक पनि तास खेलिरहेको खालबाट समातिएकाले कारवाही गरिएको प्रहरी नायव उपरिक्षक मिलन केशीले बताउनुभयो ।
पक्राउ परेकाहरुले भने प्रहरीले तास खेलाउनेलाई कमिसन लिएर उन्मुक्ति दिएको आरोप लगाएका छन् । छापा मार्दा प्रहरीले तास र नगद समेत बरामद गरेको जनाएको छ ।
१७ आश्विन २०७३, सोमबार
0
Shares







