मन्त्री हेरफेर छिट्टै हुँदै, को जाला, को आउला ?

Facebook Debugger

काठमाडौं । वर्तमान सरकारका केही मन्त्रीहरु परिवर्तन गरिने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।


तर, ती ६ मन्त्री को–को हुन् भनेर खुलाएको छैन । सहमतिपछि मन्त्रीमण्डल हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जेटेका छन् । पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।
प्रधानमन्त्री ओलीले सांसद् महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटारमा बोलाएका छन् ।
अध्यक्षहरुले सांसद्हरुसँग छलफल गरेपछि मन्त्रिमण्डल हेरफेर हुने उच्च स्रोतलाई हावाला दिँदै अन्नपूर्णले समाचार लेखेको छ ।

यो पनि पढ्नुहोस ।

पाँच मन्त्रीको हेरफेर गर्दै प्रधानमन्त्री ओली ! को को हुन ती पाँच मन्त्री ?

Published On:  215पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार