१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

कोशी नामकरणबारे विप्लवको टिप्पणीः ‘किँरात प्रदेश राख्दा के फरक पर्छ ?’



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रदेश १ को नामा पहिचानको आधारमा नभएकोमा टिप्पणी गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित श्रमिक समुदाय मोर्चाको कार्यक्रममा बोल्दै उनले भने, ‘जातिवाद समाजको लागि घातक हो । त्यो स्वीकार्य हुँदैन । तर, पहिचान भनेको छुट्टै हो । जातिको आफ्नो संस्कार, संस्कृति र स्वतन्त्रता चाहिन्छ । आज हामी पूर्वमा भन्छौं नि त्यहाँ किरात प्रदेश राखे के फरक पर्छ । लिम्बु, कोच, राई सबैलाई जोडेर सबैको केन्द्रित गरेर एउटा साझा नाम त्यहाँको जनतालाई चित्त बुझ्ने नाम राखे के फरक पर्छ ।’

उनले कोशी राख्ने वित्तिकै जातिय पहिचान नहुने अनि अरु राखेपछि मात्रै हुने कुरा शासक वर्गीय चिन्तन भएको टिप्पणी गरे । ‘भूगोलविशेषको कारणबाट या जातिबिशेषको कारणबाट हेर्ने र आफैंले व्याख्या गर्ने दृष्टिकोण गलत हो । जनताले सन्तुष्ट भएको आफू समेटिएको आफ्नो स्वतन्त्रता कायम भएको अनुभूति गर्नुपर्छ’ उनले भने ।

Sagarmatha

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : ५६ बजे