२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सुर्खेतको एक प्रहरी चौकीबाट हतियार लुटियो, ७ पक्राऊ



सुर्खेत, १७ कात्तिक  । सुर्खेतको आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार कब्जा गरेका छन् ।

करिव ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए । उनीहरुले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका हतियारहरु खोसेका थिए ।

क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको जानकारी दिए ।

Sagarmatha

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राती चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका हुन् ।

प्रहरी भन्छ- सबै हतियार फेला परे

प्रहरीले लुटिएका सबै हतियारहरु फेला पारिएको दावी गरेको छ । लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेला पारिएको प्रहरीले जनाएको छ ।

चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काफलकोट-९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायत छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७३, बुधबार  ८ : २१ बजे