७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चलचित्र ‘दुखी आत्मा’ को सुटिङ सुरु



काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको हो ।

दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको चलचित्रको सोमबारबाट राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्विर सार्वजनिक गरिएको छ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।

Sagarmatha

चलचित्रको सम्पूर्ण दृष्य काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिए । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी चलचित्र हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मसले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : १७ बजे