१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

‘नारायणगोपालको स्वरलिपि’ विमोचित


१९ मंसिर २०७३, आइतबार  

0
Shares

काठमाडौँ, १९ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको कालजयी स्वर सम्पूर्ण नेपाली जनताको ढुकढुकी बनेको बताउनुभएको छ ।

नारायणगोपालको २६ औँ वार्षिक स्मृति दिवसका अवसरमा नेपाल कला संस्कृति विकास केन्द्र तथा भ्वाइस आर्ट एकेडेमीको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा उहाँले ‘नारायणगोपालको स्वरलिपि’ पुस्तक विमोचन गर्दै सो कृतिले नारायणगोपालका गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत मिल्ने विचार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो –“नारायणगोपालका अमर तथा अजर गीतले नेपाली साङ्गीतिक आकाशमा उहाँलाई कहिल्यै नझर्र्ने ताराका रुपमा प्रतिस्थापित गरेको छ । उहाँको सङ्गीतले नेपाली संस्कृति तथा सङ्गीतमा भइरहेको पाश्चात्य सङ्गीतको आक्रमण तथा प्रभावलाई निस्तेज पार्न महत्वपूर्ण योगदान गरेको छ ।

Sagarmatha

सो अवसरमा केन्द्रका अध्यक्ष नवराज लामाले एक वर्ष छ महिना लगाएर सो पुस्तक तयार पार्न सफल भएको बताउँदै कृति सङ्गीत सिक्न चाहने कलाकारका लागि उपयोगी हुने विचार प्रकट गर्नुभयो । सो पुस्तकमा नारायणगोपालका २० कालजयी गीतको नोटेसन छन् ।

कार्यक्रममा वरिष्ठ कलाकार सङ्गीता राणा प्रधान, सुनिता थेङगिम्ले, बानिका प्रधान, राजु सिंहलगायत कलाकारले गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार  १० : १० बजे