विराटनगर । प्रदेश नं. १ को दोस्रो बैठकमा पनि सोलुखुम्बु १ ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारी सेलिब्रेटी बनेका छन् । प्रदेशसभाको दोस्रो बैठकमा खालिङ राईको पोशाकमा सहभागी भएका सांसद राजभण्डारी सेलिब्रेटी बनेका हुन् । प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकमा शेर्पा पोशाक छिवा (बक्खु) मा सहभागी भएका सांसद राजभण्डारी दोस्रो बैठकमा खालिङ राईको पोशाक भाङ्ग्रा, धजुरा फुर्का,…