काठमाडौं । सगरमाथाको आडमा सगरमाथाजत्तिकै अग्लो फोहोरको पहाड। सन् १९९३ मा टाइमले यस्तो कार्टुनसहित समाचार प्रकाशित गरेको देखेपछि नेपाली शेर्पाहरू दुःखी भए । विश्वका पर्वतारोहीहरूको गौरव र आकर्षण रहेको सर्वोच्च शिखर सगरमाथाको फोहोर व्यवस्थापन नभएको तथ्यले धेरैका आँखा खोलिदियो । आरोहणका लागि अहिलेसम्म ४० हजारभन्दा बढीले अनुमति लिएका र करिब ६ हजार मानिसले सफल आरोहण…