मस्को, ९ कार्तिक । अमेरिकी विदेशमन्त्री जोन केरी र उहाँका रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे सोमबार राति गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको छ । वार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले अवैधानिक हतियारधारी सशस्त्र बिद्रोहीहरुले युद्धग्रस्त अलेप्पोको पूर्वी क्षेत्रबाट उम्किन प्रयास गर्ने सर्वसाधारण नागरिकहरुउपर जथाभावी हिंसात्मक आक्रमण गरिरहेको बताउनु भएको…