पोखरामा खेल पर्यटनको सम्भावना

35 Shares

पोखरा, ४ असोज । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा खेल पर्यटनको पनि विशिष्ट सम्भावनायुक्त स्थल भएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ५४ औँ वार्षिकोत्सव समारोहका अवसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पोखरालाई खेल पर्यटनको पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताएका हुन् ।
आवश्यक पूर्वाधारको विकासका माध्यमबाट पोखरामा विभिन्न विधाका राष्ट्रिय एवं अन्तरराष्ट्रिय खेलकुद सञ्चालन गर्न सकिने बताउँदै उनले यसका लागि महानगर सम्बद्ध पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला परिसरमा रहेको ४१७ रोपनी जग्गामा खेलका विभिन्न विधा सञ्चालनका लागि पूर्वाधार तयार गर्नु आवश्यक रहेको उल्लेख गरे । जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरामा खेल विकासका पर्याप्त सम्भावना रहेको बताउँदै यी सम्भावनाको उजागर गर्नु आवश्यक भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार