यस्ता छन् रामहरि खतिवडाका ढाँटका श्रृंखलाः विद्या भण्डारी प्रमुख अतिथी रहेको कार्यक्रम पनि बाँकी राखेनन् !

3.8k Shares

ओखलढुंगा । काँग्रेस नेता तथा संघीय प्रतिनिसभा सदस्यका उम्मेदवार रामहरि खतिवडा र ढाँटका श्रृंखला एकै सिक्काका दुई जस्ता छन् । उनी साँसद नहुँदा पनि १४ वर्ष सम्म नबनेको सुनकोशी पुलको नाममा मुछिएका थिए । त्यो पुल कहिले बन्छ र कति खर्च हुन्छ भन्ने प्रचारबाजीमा उनी प्रवक्ता जस्ता देखिन्थे । स्व. नेता बलबहादुर राई मन्त्री र सांसदहुँदा सहि कृते गरेको, रातो पासर्पोट दुरुपयोग गरेको अभियोगमा उनी जेल समेत परेका थिए ।
धेरैले साँसद भएपछि उनीमाथि राजनीतिक परिपक्वताको अपेक्षा गरेका थिए । तर झुटको खेति गर्न नानीदेखीको बानी भनेजस्तै भयो । आम नागरिकको अपेक्षाभन्दा उनी ढाट्न र झुटको खेति गर्न माहिर देखिए ।
यस्ता छन् खतिवडाका ढाँटका श्रृंखला !
उनी झुटका पर्याय नै बनेका छन् । यसले काँग्रेसका इमान्दार नेता कार्यकर्ता हैरान छन् । एक नेताले उनको झुटले जनस्तरमा पार्टीको पकड कमजोर बन्दै गएको छ । खतिवडा सांसद भएपछि ०७२ बैशाखमा गएको भुकम्पले क्षतविक्षत भएको जिल्लामा राहत वितरणमा विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएका राहत सामग्री आफुले गरेको भनेर प्रचार गरेका उनी पहिलो किस्ताको अनुदान वितरणसम्म आइपुग्दा राष्ट्रिय चर्चाको पात्र बने ।
१. पीडितको पैसाले हेलिकोप्टरमा सरर !
जिल्ला स्तरीय सरोकारवालाहरुसँगको बैठकले गाउँमै शिविर लगेर अनुदान वितरण गर्ने निर्णय गरे सँगै मेरो पहलमा शिविर आएको भनेर प्रचारमा जुटे । शिविर व्यवस्थापनका लागि हुने खर्च (हेलिकोप्टर प्रयोग समेत) स्थानीय तहमा व्यवस्थापन गर्ने भनिएपछि पलालु, कालिका, फुलबारी लगायतका गाविसका सबै पीडितहरुबाट एक हजारका दरले रकम असुलेर हेलिकोप्टर र व्यवस्थापन खर्च गरियो । खतिवडाको अगुवाइमा सांसदसहितका नेता तिनै पीडितसँग असुलिएको रकमले ल्याइएको हेलिकोप्टरबाट राजधानीबाट पलापु र पलापुबाट राजधानी ओहोरदोहोर गरे । खतिवडाको रजगजलाई राहतमा रजाँइ भनेर कान्तिपुर दैनिकले प्रमुख समाचार समेत बनाएर प्रकाशन गर्यो ।
२. र्याडिसनको रोलेक्स !
सांसद जस्तो गरिमाको पदमा रहेका खतिवडामाथि होटल र्याडिसनबाट घडि चोरेको आरोप लाग्यो । प्रवलमानसिंह गुरुङको घडि हराएको, प्रहरीमा उजुरी परेको र प्रहरीले खोजी गर्दा काठमाण्डौबाट ओखलढुंगा आएका उनको सुरुवालको गोजीमा घडि रहेको भन्दै फिर्ता गरे । सञ्चारमाध्यममा उनीमाथिका अभियोगका धेरै समाचार बनाए । उनले विभिन्न संचारमाध्यममा गरेका खण्डन फरक फरक आएपछि थप आकांक्षा बढ्यो । प्रवलमानले खतिवडाले घडी फिर्ता गरेको, नचोरेको विज्ञप्ती निकाले पनि उनका गोजीमा २–३ दिनसम्म घडी रहँदा थाहा नहुनु, कसले कहिले र किन हालिदियो भन्ने कुरा रहस्यको विषय छ । यो प्रकरणले जिल्लाकै बद्नाम भएको जिल्लाबासीको गुनासो छ । विस्तृत पढ्नुहाेस् {सांसदमाथि रोलेक्स घडी चोरेको आरोप http://www.globalbhutanese.com/archives/314}

३. राष्ट्रपति प्रमुख अतिथी रहेको कार्यक्रममै ढाँटे !


हेर्नुस् स्टाटस

खतिवडाले थोलेदेम्वा महोत्सव आयोजक समितिलाई पाँच लाख दिन्छु भनेर ढाँटेको खुलेको छ । ०७३ बैशाख १, २ र ३ गते भएको ओखलढुंगाको थोलेदेम्वा महोत्सवमा आर्थिक सहयोग गर्ने घोषणासहित सामुहिक तस्वीर समेत खिचाएको समितिका अध्यक्षले फोटो सावर्जनिक गरेका छन् ।
महोत्सवका अध्यक्ष डेण्डी शेर्पाले फेसबुकमा स्टाटस लेख्दै फोटो सार्वजनिक गरेका हुन् । शेर्पाका अनुसार खतिवडाले पाँच लाख दिने भनेपछि जिल्लाका सांसद समेत रहेका उनलाई महोत्सवमा हेलिकोप्टर चढाएर अतिथी बनाएर महोत्सबमा ल्याइएको थियो । सो महोत्सवमा भाषणमा समेत उनले महोत्सवलाई आर्थिक सहयोग गर्ने बचन दिएका थिए ।
त्यस अघि नै उनले पाँच लाख दिने बचन दिएका थिए । महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीका अगाडी भाषण गरेको उनको भाषण त्यतिमै सिमित रहेको छ । महोत्सलाई राष्ट्रपतिकै अगाडी बोलेर ढाँटेपछि खिजीदेम्वाका बासिन्दा आक्रोशित भएका छन् । उनीहरुले खिजीदेम्वाका स्थानीयले बहिस्कार गर्ने भन्दै महोत्सव आयोजक समितिले सामाजिक सञ्जालबाट आह्वान गरेका छन् । खिजीदेम्वाबासी उनको विरुद्धमा लागेपछि निर्वाचनमा उनीमाथि ठूलो चुनौति थपिएको छ ।  शेर्पाले लेखेकाे फेसबुक स्टाटस यस्ताे छ :

आदर्निय सम्पुर्ण कम्रेड साथी हरु ब्रम्मा नपर्नु होला१यो हाम्रो फोटो २०७४ बैशक १,२र३गते भएको प्रथम थोले देम्बा पर्यटन महत्सब मा आर्थिक सहयोग संकलन गर्ने बेला नेपाली कांग्रेस का तत्कालिन सांसद रामहरी खतिवडा ले महत्सब लाई रु ५०००००ररु पाँच लाख सहयोग गर्छु भनी प्रतिभदता गर्दा को फोटो हो१तर उहाँ ले वचन मात्र दिनु भयो१उहाँ प्रतेक कार्यक्रम मा एक महिना को तलब तोग्दै हिद्ने दिनमा ४,५ वटा कार्यक्रम गर्ने१भन्नोस उहाँ ले कति मानिस लाई झुक्येहोला१तेसै गरि यो पर्यटन महत्सब लाई पनि झुक्येइ दियो१दिन्छु नभन्दा पनि के फरक पर्थियो र तर दिन्छु भन्ने अनि नदिने१बिकाश बिरोदी सत्तामोही अनि आफुले आफैलाइ म यस्तो र उस्तो भन्दै हिद्ने१राजनिक गुणा राजनितिक मै तिर्नु पर्छ भन्थे१हेर्दै जाउ१ मलाइ त यस्तो लाग्यौं राम हरि जी लाई पर्यटन को विषयमा ९प० पनि थाह रहेन छ१
डेन्डी शेर्पा
सम्योजक
प्रथम थोले देम्बा पर्यटन महत्सब

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार