गोक्यो हिमतालमा ३ जना विद्यार्थी बेपत्ता

224 Shares

सोलुखुम्बु । शैक्षिक भ्रमणमा हिडेका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा बेपत्ता भएका छन् । शैक्षिक भ्रमणका लागि खुम्बुपासाङल्हामु गाउँपालिकामा रहेको गोक्यो हिमतालमा पुगेका कक्षा ९ का ३ जना विद्यार्थी बेपत्ता भएका हुन् ।

फाईल फोटो

बेपत्ता हुनेहरुमा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा छन् । शुक्रबारदेखि अध्ययन भ्रमणमा गएको कक्षा ९ को टोली शनिबार विहान हिमतालमा नुहाउने क्रममा बेपत्ता भएको सोलुखुम्बुका प्रहरी प्रमुख रेशमबहादुर पराजुलीले बताए । भ्रमण टोलीमा ३३ जना विद्यार्थी संलग्न थिए ।
उच्च हिमाली क्षेत्र गोक्योमा टेलिफोन सेवा सहज उपलब्ध नभएकाले विस्तृत विवरण आउन बाँकी भएको प्रहरी प्रमुख पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार