खुलेको सगरमाथा आधारविरका पाँच तस्वीर

  बुद्धवीर बाहिङ
252 Shares

नाम्चे । केहि दिनको मौसम प्रतिकुलतापछि सगरमाथा आधारशिविर क्षेत्रमा मौसम खुलेको छ । खुलेको मौसमसँगै सगरमाथा, लोत्से, नुप्से र पुमोरी हिमाल आरोहणका लागि आधारशिविरमा बसिरहेका ५ सय आरोहीहरुको मुहार पनि उजेलिएको छ ।

भारतमा आएको ‘फानी’का कारण सगरमाथा क्षेत्र लगायत देशैभरी प्रभाव पर्यो । देशको विभिन्न क्षेत्रमा मेघ गर्जनका साथ पानी पर्यो । झनै सगरमाथा लगायत देशको उच्च हिमाली क्षेत्रमा त भारी हिमपात भयो । त्यत्ति मात्र होइन सगरमाथाको माथिल्लो शिविर क्याम्प २ र ३ मा आरोहीको लागि टाँगिएका १०० भन्दा बढी त्रिपाल हुरीले उडायो ।

मंगलबार विहानैदेखि मौसम खुलेको छ । आरोहीहरु उचाईसँग घुलमिल हुनका लागि निरन्तर अभ्यास गरिरहेका छन् । उनीहरुको सहयोगीहरु सगरमाथाको माथिल्लो आधारशिविरमा आरोहीका लागि खाना, अक्सिजन ग्याँस लगायत आवश्यकीय सामग्रीहरु लैजाने तरखरमा छन् ।


तस्वीरः लाक्पा शेर्पा ‘भिजे’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार