राष्ट्रिय एजेण्डालाई गौण बनाउनु हुदैन : अध्यक्ष महतो

0 Shares

जनकपुरधाम, ९ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय एजेन्डालाई गौण बनाउनु देश र जनता विरूद्ध ठूलो षड्यन्त्रको सङ्केत भएको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउँदै संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्तावमा देशलाई अल्झाउनु बिडम्बना हो भन्नुभयो ।

rajendra-mahato-1

लोकमानसिंह कार्की कर्मचारी भएकाले कानुनी प्रक्रिया पु¥याई कारबाही गर्नुपर्ने कुरालाई अनावश्यक रूपले राष्ट्रिय सवाल बनाउनु नेपाली काँग्रेस, नेकपा (एमाले) र (नेकपा माओवादी केन्द्र)को स्वार्थ भएको आरोप लगाउँदै उहाँले कार्कीको महाअभियोग प्रस्ताव सन्दर्भमा मधेसी मोर्चाको निर्णय यथाशीध्र सार्वजनिक हुने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कार्कीलाई राख्ने, हटाउनेसँग आफ्नो कुनै सरोकार छैन् भन्दै यही सवालको आवरणमा मूल सवाललाई छायाँमा राख्नु देश र जनतासँग बेइमानी र अन्याय हो भन्नुभयो ।

अध्यक्ष महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति सकारात्मक भए पनि नेपाली काँग्रेसको सकारात्मक पहलमा कमी देखिएको धारणा राख्नुभयोे । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार